२०८३ भाद्र ९ गते मङ्गलवार

घाइते युवकको उपचारका क्रममा मृत्यु

दाङ, चैत २३ ।

कपिलबस्तुमा प्रहरीको आक्रमण बाट घाइते एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको महाराजगंज नगरपालिका –६ भुटनियाका २२ वर्षीय जितेन्द्र यादवको उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।
दुई पक्षको झडप नियन्त्रणमा लिने क्रममा चैत्र ७ गते यादव घाइते भएका थिए । त्यो दिन महाराजगंजको वरगदा गाउँमा हिन्दु र मुस्लिम बीच झडप भएको थियो ।
कपिलबस्तुका प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले स्थिति नियन्त्रणमा लिने क्रममा यादव घाइते भएका थिए । तर, मृतक यादवका आफन्तले प्रहरीले चलाएको गोली यादवको पेटमा लागेको र सोही कारण उपचारका क्रममा उनको मृत्यु भएको बताएका छन् ।
निषेधाज्ञाका बीच दुई समुहका बीचमा भएको झड्प नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको आक्रमणवाट यादव घाइते भएका थिए ।
डिएसपी सिंहले भने मृतकको शरिरशमा गोली लागेको घाउ नभेटएको दाबी गरे ।
डिएसपी सिंहका अनुसार निषेधाज्ञाकै बीचमा थप झडप हुन थालेपछि चैत ७ गते बेलुकी पख प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा यादव घाइते भएका थिए ।
मृतक यादवको भैरहवा मेडिकल कलेजको उपचार पछि थप उपचारका लागि चितवन मेडकल कलेजमा पुर्‍याइएको थियो ।
यादवको उपचारका क्रममा सोमबार चितवनमा मृत्यु भएको खबर आएको डिएसपी सिंहले बताए । महाराजगञ्ज नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा विवाद उत्पन्न भएको थियो ।

त्यो झडपमा परि प्रदर्शनकारी र सुरक्षाकर्मी गरी झन्डै २० जना घाइते भएका थिए। हिन्दु र मुस्लिम बीचको लफडाका कारण कपिलवस्तुमा स्थानीय प्रशासलने जारी गरेको निषेधाज्ञा चैत १० गते बिहान ९ बजेपछि मात्रै हटेको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *