तुलसीपुर, चैत १३ ।पत्रकार वशन्त पौडेललाई मातृ शोक परेको छ ।
पौडेलकी आमा ७२ बर्षीया गुमीकुमारी पौडेलको बिहीबार राति तुलसीपुर उपमहानगरपालिका – ७ मोतिपुरस्थित निवासमै निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
गुमीकुमारी चैत ५ गते खाजा भुट्ने क्रममा जलनमा परेकी थिइन । धोतिको सप्कोमा आगो सल्किएर गम्भीर जनलमा परेकी गुमीको उपचारका लागि परिवारका सदस्य दाङ हुँदै काठमाडौंसम्म पुर्याएका थिए ।
चिकित्सकको सल्लाहमा अन्तिम अवस्थामा गुमीलाई परिवारका सदस्यले घर ल्याएका थिए । घरमै उनको मृत्यु भएको हो ।
अन्तेष्टी शुक्रबार दिउँसो ३ बजेतिर कालोखोला घाटमा गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।
पत्रकार पौडेल तुलसीपुरस्थित रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर हु्न ।
प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार