दाङ, चैत ९ । नेपाल विद्युत प्राधिकरणको सल्यान वितरण केन्द्रको कार्यालयमा कपुरकोट गाउँपालिकाका एक जना वडाअध्यक्ष विद्युतको मिटर माग्दै केन्द्रको परिसरमा धर्ना बसेका छन् ।
कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि आइतबार विद्युत मिटर लिन भनेर कार्यालय पुगेका थिए । तर, उनले मिटर बक्स पाएनन् ।
त्यसको विरोध गर्दै वडाध्यक्ष खड्का कार्यालय समय बेलुकी ५ बजेदेखि धर्ना बसेका थिए । राति १० बजेतिर वितरण केन्द्रका कर्मचारी आएर मिटर उपलब्ध गराए पछि मात्रै उनले धर्ना रोकेका थिए ।
प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार