दाङ, चैत ९ । नेपाली बजारमा दुई दिनमा सुनको भाउ १८ हजारले घटेको छ ।
सोमबारपनि सुन चाँदीको भाउ घटेको छ।
आइतबार प्रतितोला ६ हजार पाँच सय रूपैयाँले सुनको भाउ घटेको हो। आइतबार १२ हजार पाँच सय रूपैयाँ सुनको भाउ घटेको थियो ।
सोमबार सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य पनि घटेको छ।
आइतबार प्रतितोला चार हजार पाँच सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला चार हजार चार सय २५ कारोबार भइरहेको छ।
प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार