२०८३ असार २८ गते आइतवार

राप्ती बबई क्याम्पसमा भोलिदेखि राष्ट्रिय अनुसन्धान गोष्ठि

तुलसीपुर, चैत ५ ।.तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा भोलिदेखि दुई दिने ‘राष्ट्रिय अनुसन्धानात्मक गोष्ठी’ सुरु हुँदै छ ।


क्याम्पस प्रशासनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि क्याम्पसले पहिलो पटक आयोजना गर्न थालेको राष्ट्रिय गोष्ठीको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

मुलक भरका शैक्षिक बिज्ञलाई तुलसीपुरमै बोलाएर क्याम्पसले पहिलो पटक चैत ६ र ७ गते गरि राष्ट्रिय सम्मेलनको आयोजना गर्न थालेको छ ।


गोष्ठिमा नेपालका साथै बिदेशका समेत विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग आबद्ध प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरूको सहभागिता रहने छ।

अनुसन्धानमा आधारित ज्ञान आदान–प्रदान गर्ने उद्देश्यले आयोजना आयोजना गरिएको गोष्ठीमा दुई सय जना जति सहभागी रहन छन् ।


क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा राष्ट्रिय सम्मेलनका संयोजक सुर्यप्रशाद शर्माले सम्मेलनमा देशभर बाट झन्डै एक सय जना जतिले आफ्ना कार्यपत्रहरु पेश गर्ने अपेक्षा गरिएको भएपनि ती मध्यबाट छनोट गरि उत्कृष्ट ५० जना जति सोधपत्र मात्रै राष्ट्रिय सम्मेलनमा प्रस्तुतिका लागि समावेश गरिने जानकारी दिए ।

क्याम्पस संचालक समितिका कोषाध्यक्ष बिनिल केसीले समुदायवाट संचालित क्याम्पसले पहिलो पटक राष्ट्रिय सम्मेलन आयोजना गर्नु शिक्षा प्रेमी सबैका लागि गौरबको कुरा मान्नु पर्ने बताए ।

राष्ट्रिय सम्मेलन सोध खोज गरि केही सिक्ने हरेक ब्यक्तिका लागि एउटा राम्रो प्लेट फर्म बन्ने केसीले आशा ब्यक्त गरे । कार्यक्रमका लागि झन्डै १५ लाख रुपैयाँ खर्च लाग्ने आँकलन गरिएको छ ।

क्याम्पस प्रमुख गणेश पाद्र्येले क्याम्पसमा दुई दिन सम्म चल्ने राष्ट्रिय सम्मेलन शैक्षिक सुधार र गुणस्तर सुधारका दुष्टिकोणले अतेन्तै महत्वपूर्ण हुने आशा ब्यक्त गरेका छन् । क्याम्पसको सुन्दर शैक्षिक भविश्य निर्माणमा सहयोग पुग्ने आशा गरिएको छ ।

क्याम्पस संचालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीले २०४७ सालमा स्थापना भएको सामुदायिक क्याम्पस राप्ती बबईका लागि राष्ट्रिय सम्मेलन एउटा बुहप्रतिक्षित बिषय बनेको हुँदा त्यो सफल पार्न सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।

गोष्ठिले मास्टर्स तह पूरा गरेका शिक्षक, पत्रकार तथा व्यवसायीहरूलाई एमफिल र पीएचडी अध्ययनतर्फ प्रेरित गर्ने छ ।


अनुसन्धानात्मक गोष्ठिका प्रचार–प्रसार संयोजक आनन्दा खत्रीको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *