२०८३ भाद्र ८ गते सोमवार

रोल्पामा चट्याङबाट एक जना महिलाको मृत्यु


दाङ, चैत ३ । रोल्पामा चट्याङ बाट एक जना महिलाको मृत्यु भएको छ ।


जिल्लाको सुनिलस्मृति गाँउपालिका – ७ तेवाङ भैसीपुरे निवासी २४ बर्षीया कृष्णा पुनको चट्याङले हानेर घर भित्रै मृत्यु भएको हो ।


पुन आफ्नै घरभित्र कोठामा बसिहेको समयमा सोमबार दिउँसो साढे ३ बजेतिर चट्याङले हानेर मृत्यु भएपनि प्रहरीले बेलुकी साढे ६ बजेपछि मात्रै घटना बारे सूचना पाएको थियो ।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुलीचौर बाट पुगेको प्रहरी बेलुकी साढे ७ बजेमात्रै त्यहाँ पुगेको थियो ।

टाउको जलेको अवस्थामा पुन घटनास्थलमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिएका छन् ।
घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *