२०८३ बैशाख १६ गते बुधवार

आमाको शब फेला, छोरा र छोरीको अवस्था अज्ञात

दाङ, चैत २ । सुर्खेतको गुर्भाकोट गाउँपालिका – १२ पिप्लेकी ३८ वर्षीया माया कठायतको शब सोमबार बेलुकी भेरी नदीमा फेला परेको हो ।


उनकी ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपकको अवस्था भने अज्ञात छ ।
सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाले जिल्लाको लेकबेँसी नगरपालिका– ३ पटारेस्थित भेरी नदीमा मायाको शब फेला परेको बताए ।


श्रीमतिसहित आफ्ना दुई सन्तान बेपत्ता भएको बारे श्रीमान ३७ बर्षीय भूपेन्द्र कठायतले आइतबार बेलुकी पख प्रहरी चौकी गुमीमा खवर गरेका थिए । त्यसपछि स्थानीय र प्रहरीले उनीहरुको खोजी थालेका थिए ।

घरदेखि तीन किलोमिटर टाढा भेरी नदी किनारमा कपडा, सल, चप्पल, झोला र एउटा मोवाइल फेला परेपछि आशंका पैदा भएको थियो ।


त्यसैले खोजी थालिएको थियो । खोजीका क्रममा सोमबार मायाको शब फेला परेको हो ।

प्रहरीले घटना बारे थप अनुसन्धान हुने बताएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *