२०८३ बैशाख १९ गते शनिवार

सुर्खेतमा आमाले दुई सन्तानसहित भेरी नदीमा हाम फालेको आशंका


दाङ, चैत २ । सुर्खेतमा आमाले दुई नाबालक सन्तानसहित भेरी नदीमा हाम फालेको आशंकामा खोजी कार्य भइ रहेको छ ।


जिल्लाको गुर्भाकोट नगरपालिका – १२ की ३१ बर्षीया माया कठायत , उनकी अन्दाजी ११ बर्षीया छोरी र ६ बर्षका छोरा भेरी नदीमा हाम फालेर बेपत्ता भएको आशंकामा खोजी भइरहेको छ ।


गुर्भाकोट – १२ का वडाध्यक्ष तुल्सीप्रशाद शर्माले बेपत्ता माया स्थानीय ३३ बर्षीय भूपेन्द्र कठायतकी श्रीमति रहेको बताए । गुर्भाकोट – १२ खैरेनी टापुस्थित भेरी नदीको किनारमा मायाको सल, छोरा छोरीका चप्पल, कपडा, ब्याग र पैंशा लगाएतका सामाग्री फेला परेको थिए ।


गोताखोरसहित सुरक्षाकर्मी र स्थानीयले शनिबार दिउँसोदेखि खोजी थालेपनि उनीहरु फेला पर्न नसकेको सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाले बताए ।


तीन दिन पहिले मात्रै आपसी बिबाद पछि माया दुई सन्तान लगेर सोही वडामा पर्ने काकाको घरमा गएकी थिइन ।
शनिबार भूपेन्द्र श्रीमतिलाई लिन भनेर काकाको घरमै पुगेको वडाध्यक्ष शर्माले बताए । मायाले आइतबार बिहान घर फर्किने भन्दै श्रीमानलाई फर्काएकी थिइन ।

आइतबार बिहान काकाको घर बाट सन्तानसहित हिडेपनि उनी घर पुगिनन् । त्यसपछि खोजी गर्ने क्रममा उनीहरुले लगाउने लत्ता कपडा र सामान नदी किनारमा फेला परेपछि खोजी सुरु भएको हो ।


जिल्ला प्रबक्ता प्रबक्ता बुढथापाका अनुसार आइतबार पनि बेपत्ताहरुको खोजी थाल्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *