२०८३ बैशाख १८ गते शुक्रवार

आगलागी पीडित व्यवसायीलाई आर्थिक सहयोग


बिजौरी,फागुन ३० । बिजौरी उद्योग बाणिज्य संघले आगलागी पीडित ब्यवसायीलाई आर्थिक सहयोग गरेको छ ।

बिगत लामो समय देखि बिजौरीमा चाट तथा किराना ब्यवसाय गर्दै आएकी तिला कवरको फागुन १३ गते रातको समयमा अज्ञात समुहले पसल चोरी गर्नुका साथै आगलागी गरेका थिए ।

त्यस क्रममा पसलका सम्पुर्ण सामग्रीहरु जलेर नस्ट हुँदा लाखौको क्षति भएको थियो ।

बिजौरी उद्योग बाणिज्य संघले यस क्षेत्रका ब्यवसायीहरुसंग राहत संकलन गरि २१ हजार ५ सय र संघको राहत कोषबाट १३ हजार ५ सय पीडित कवरलाई ३५ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।

संघको शनिबार बसेको मासिक बैठकले २०८३ सालको क्यालेन्डर प्रकाशन गर्नका लागि संघका बाणिज्य उपाध्यक्ष डिल्ली खत्रीको संयोजकत्वमा
७ सदस्यीय उपसमिति गठन गरेको छ ।

जसको सदस्यहरुमा चित्र बहादुर खडका,दीपक कुमार बस्नेत,कर्ण बहादुर वलि ,सुरेन्द्र बुढा,अर्जुन कुमार रेग्मी,ज्ञानेद्र बिष्ट रहेका छन ।

त्यस्तै बैठकले बिगतका बर्षहरु झै यस बर्ष पनि तुलसीपुर १९ छिल्लिकोटमा चैते अस्टमीमा पुजा आरधना गर्ने निर्णय गरेको छ ।

त्यसका लागि संघका उद्योग उपाध्यक्ष चित्र बहादुर खडका संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरेको छ ।

समितिको सदस्यहरुमा डिल्ली बहादुर खत्री , शारदा केसी कर्णबहादुर वलि, लालबहादुर खत्री लालबहादुर खड्का ,चुडामणि रावत र डङ्कु बहादुर ओली रहेका छन्।

बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको बैठकको सहजीकरण महासचिव दीपककुमार बस्नेतले गरेका थिए।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *