२०८३ भाद्र ८ गते सोमवार

१२ बर्षीया बालिका बलात्कार आरोपमा दुई जना पक्राउ


दाङ, फागुन २८ । १२ वर्षीया बालिका माथि सामुहिक बलात्कार गरेको आरोप पछि कञ्चनपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


बलात्कार आरोपी भिमदत्त नगरपालिका – १० का ४७ वर्षीय नरेश गिरी र भिमदत्त – ९ का ४० वर्षीय हिरा नाथलाई पक्राउ परेका हुन ।


भिमदत्त – १० स्थित बैजनाथ सामुदायिक वन भित्र लगेर बालिका माथि सामुहिक बालात्कार गरेको जोहरीका आधारमा उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक विरेन्द्रसिंह थापाले पक्राउ परेकाहरु माथि अनुसन्धान भइ रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *