२०८३ बैशाख १२ गते शनिवार

बस्नेतवाट नौं दिनमै खोसियो, ईकाइ सभापतिको जिम्मेवारी


दाङ,साउन ४ । नेविसंघ राप्ती बबई क्याम्पसको ईकाइ सभापतिको जिम्मेवारी वशन्त बस्नेतवाट नौं दिनमै खोएिको छ । नेविसंघ क्याम्पसका ईकाइ उपाध्यक्ष बस्नेतलाई असार २६ गते सभापतिको जिम्मेवारी प्रदान गरिएको थियो । तर उपाध्यक्ष बस्नेतलाई प्रदान गरिएको कार्यसम्पादनको जिम्मेवारी भने नौं दिनमै पुनः खोसिएको जानकारी दिइएको छ ।

नेविसंघ क्याम्पस ईकाइ सभापति रोहित न्यौंपानेको नामवाट शनिवार प्रकासित विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । बस्नेतले कसैसंग सहकार्य नगरेको हुँदा झनै आपसी द्धन्द बढेको तथा संगठन प्रति नै बितृष्णा पैदा हुने स्थिति देखिएको हुँदा बस्नेतलाई दिएको जिम्मेवारी खोसिएको सभापति न्यौंपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तर कतिपय नेविसंघका विद्यार्थी नेताहरुले भने बस्नेतलाई केही समय थप दिनुको साटो नौं दिनमै अधिकार फिर्ता गर्नुले संगठन भित्र झनै द्धन्द निम्तने चिन्ता जाहेर गरेका छन् ।

यो पनि पढ्नुहोस 

बबई क्याम्पसमा बस्नेतलाई नेविसंघ ईकाइ सभापतिको जिम्मेवारी

प्रकाशित मिति : २०७६ साउन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *