२०८३ बैशाख १६ गते बुधवार

रोल्पामा पुगेर ‘बिप्लव’ले गरे मतदान

दाङ, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टी (माओबादी) का महासचिव नेत्र बिक्रम चन्द (बिप्लव) ले मनदान गरेका छन् ।


बिप्लवले रोल्पाको परिवर्तन गाउँपालिका –३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन ।


यसअघि बिप्लवले २०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका छन् । त्यसयता बिप्लबले कहिलै मतदान गरेका थिएनन् ।


निर्वाचन बहिस्कारको नीति अवलम्बन गर्दै आएका बिद्रोही स्वभावका बिप्लवले १८ बर्षपछि मतदान गरेका हुन ।
यो निर्वाचनमा बिप्लवपनि सहभागी छ । निर्वाचन आयोगमा दलदर्ता गरि नेकपा (माओबादी) आधिकारिक रुपमा पहिलो पटक निर्वाचनमा सहभागी भएको हो ।


रोल्पामा नेकपा (माओबादी) बाट रोल्पामा चुडामणि वली (आर्दश)लाई उम्मेदवार छन् । आदर्शले जिल्लाकै गंगादेव गाउँपालिका – ३ नाउली मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *