तुलसीपुर, फागुन २१ । दाङ क्षेत्र नं. १ का काँग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले गढवा गाउँपालिका – ४ स्थित दीपेन्द्र होमजुन माविबाट मतदान गरेका छन् ।
एमाले उम्मेदवार रेवतीरमन शर्मा घिमिरेले लमही नगरपालिका – ६ स्थित प्राथमिक बिद्यालय दुमदुमा खैरीबाट पहिलो मतदान गरेका छन् ।
नेकपाका उम्मेदवार मेटमणि चौधरीले गढवा – ७ बाट र राश्वपा उम्मेदवार देबराज पाठकले गढवा – ६ मतदान केन्द्रबाट मतदान गरेका छन् ।
प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार