तुलसीपुर, फागुन १६ । तुलसीपुरबाट संचालन हुँदै आएको अनलाइन राप्तीले शुक्रबार बेलुका आफ्नो छैठौं बार्षिक उत्सव मनाएको छ ।
स्थापनाको ६ बर्ष पुरा गरि सातौं बर्षमा प्रबेश गरेको अवशरमा उस्ले तुलसीपु दोघरेस्थित मेट्रो होटेलमा केक काटेर बार्षिक उत्सब मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद भण्डारीले मिडियाले जहिलै खबरदारी गरि रहनुपर्ने बताए । सत्तासिन ब्यक्तिहरु तानासाही बन्न सक्ने हुँदा मिडियाको सदा खबरदारी आवश्यक पर्ने उनले बताएका थिए ।
नेपाली काँग्रेसका नेतासमेत रहेका बस्नेतले मिडिया बजार केन्द्रित बन्दै गएको हुँदा दुर दराज र गाउँमा गइ त्यहाँका समस्या पनि उजगार गर्न सक्नु पर्ने जोड दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले पछिल्लो युग डिजिटल युग भएको भन्दै अनलाइन पत्रकारिताका कारण एक क्लिकमै बिश्व चिहाउन सकिने बताए । त्यसले आम पाठकलाई सहज र सहज रुपमा सूचना प्राप्त हुने गरेको उनले बताए ।
विश्वसनिय अनलाइन मिडियाले पाठकको भरोसा जित्दै गएको भएपनि सस्तो लोकप्रियताका लागि भ्रामक समाचार पस्किनेहरु बाट जोगिन सक्नु पर्ने अध्यक्ष खड्काले बताए ।
प्रेस सेन्टर दाङका सचिव दिपक बोहराले ब्यबसायिक र मर्यादित पत्रकारिताले मात्रै समाजलाई सही मार्गदर्शन गर्ने सक्ने बताए । पछिल्लो समय आम मानिसले सामाजिक संजालमा ब्यक्ति बिषेशले राख्ने कतिपय भ्रामक सूचनाहरुलाई समाजलाई दिगभ्रमित गर्न थालेको हुँदा त्यसबाट सजग रहन आग्रह गरेका थिए ।
‘अनलाइन राप्ती’ का संचालक बिकास डाँगीको अध्यक्षतामा भएको बार्षिक उत्सव कार्यक्रमको सहजीकरण एचआर मगरले गरेका थिए ।