२०८३ भाद्र १० गते बुधवार

रोल्पा जिप दुर्घटना – मृतकको संख्या दूई पुग्यो

दाङ, फागुन १४ । रोल्पामा मंगलबार भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या दुई पुगेको छ । थप नौं जनाको उपचार जारी छ ।


बुटवलमा उपचारका क्रममा बुधबार बेलुकी रोल्पाको माडी गाउँपालिका–३ की ६० वर्षीया भिमु राना मगरको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।


दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार संभव नभएपछि थप उपचारका लागि मगरलाई बुटवल रिफर गरिएको थियो ।


यसअघि मंवलबार दुर्घटनास्थलमै जिल्लाको परिवर्तन गाउँपालिका–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको थियो ।


दुर्घटनामा घाइते मध्य थप नौं जनाको घोराहीस्थित प्रतिष्ठानमा उपचार जारी रहेको छ । उनीहरुको अवस्था मध्यम रहेपनि सुधारात्मक रहेको डिएसपी विश्वकर्माले जानकारी दिए ।


मंगलबार बिहान रोल्पाको रुण्टीगढी गाउँपालिका–५ र दाङको घोराही उपमहानगरपालिका–१९ को सिमानामा लु १ ज ४८५४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । जिप सडकदेखि झन्डै एक सय ५० मिटर मुनी खसेको थियो ।


जिप दाङको घोराही बाट शहिद मार्ग हुँदै रोल्पाको होलेरी हुँदै परिवर्तन गाउँपालिका–३ बागमारा तर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *