२०८३ भाद्र ८ गते सोमवार

टिप्पर दुर्घटनामा परि चालकको मृत्यु


दाङ, फागुन १४ । पाल्पामा टिप्पर दुर्घटनामा परि चालकको मृत्यु भएको छ ।


जिल्लाको रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीका ३४ वर्षीय चालक खिमबहादुर सोमईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी होमप्रकाश चौधरीले गम्भीर अवस्थाका चालक सोमाईलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको बताए ।

दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरी टोलीले घाइते सोमईलाई उद्धार गरि लुम्बिनी मेडिकल कलेज प्रभासमा पुर्‍याएको थियो ।


बुधबार राति सवा ९ बजेतिर जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरबाट सर्देवा तर्फ जाँदै गरेको लु २ ख २००१ नम्बरको टिप्पर सडक बाट झन्डै दुई सय मिटर मुनी खसेको थियो ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *