दाङ, फागुन १० । सुन तोलाको तीन लाख दश हजार तीन सयमा कारोबार भइ रहेको छ ।
नेपाली बजारमा सुन आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको छ । सुन प्रतितोला तीन लाख दश हजार तीन सय रूपैयाँमा कारोबार भइ रहेको छ ।
शुक्रबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य पनि केही बढेको छ। चाँदी पाँच हजार चार सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी तोलामा पाँच हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार