२०८२ फाल्गुन १० गते आइतवार

तुलसीपुरमा एमाले झन्डा जलाएको आरोपमा ३ जना पक्राउ

तुलसीपुर , फागुन ९ । तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।


शुक्रबार राति तुलसीपुर उपमहानगरपालिका – ६ का २४ बर्षीय बिक्रम परियार र तुलसीपुर – ४ का रमेश राना मगर पक्राउ परेका हुन ।

शुक्रबार दिउँसो तुलसीपुर– ७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ परेका थिए ।


बिहीबार राति साढे ९ बजे दाङ तुलसीपुरको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा केही ब्यक्तिले एमालेको झण्डा जलाएका थिए ।

त्यो भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी बिरोध भएको थियो । त्यसपछि प्रहरीले एमाले झण्डा जलाउनेको खोजी थालेको थियो ।


नेकपा एमालेका कार्यकर्ताले शुक्रबार बेलुका दाङको तुलसीपुर, घोराही र लमहीमा बिरोध र्‍याली निकालेका थिए ।

उनीहरुले राश्वपाको तुलसीपुरस्थित सम्पर्क कार्यालयमा आक्रमणको प्रयास गरेपछि सुरक्षाकर्मीले रोकेका थिए ।
दाङका प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराले पक्राउ परेकाहरु बिरुद्ध के शिर्षकमा मुद्दा चलाउने भन्ने बिषयमा छलफल भइ रहेको बताए ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार एमालेको झन्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *