२०८२ फाल्गुन ८ गते शुक्रवार

७६औं प्रजातन्त्र दिवस मनाइदै

दाङ, फागुन ७ । आज ७६औं प्रजातन्त्र दिवस मुलुकभर बिभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

२००७ फागुन ७ गते १०४ बर्ष लामो जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको थियो ।
सोही दिनको स्मृतिमा मुलुक भर हर्षौ उल्लासका साथ प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

दिवसको अवशरमा मुलुकभर सार्वजनिक बिदा दिइएको छ ।
दिवसको अवशरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश मार्फत मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने बताएका छन् ।

सोही मान्नेताका साथ संघर्ष भइ सहिदको बलिदानबाट मुलुकमा प्रजातन्त्र स्थापना भएको उनले बताएका छन् ।
राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान ब्यक्त गरेका छन् ।

काठमाडौंस्थित टुँडिखेलको सैनिक मञ्चमा प्रजातन्त्र दिवस मनाउँदै आइरहेको छ। कार्यक्रममा राष्ट्रपतिदेखि प्रधानमन्त्री लगाएत सहभागी हुन्छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *