२०८२ फाल्गुन ४ गते सोमवार

काँग्रेस उम्मेदवार योग्रेन्द्रले अस्पतालको सेवा प्रवाह बारे बिरामी र आफन्तसंग छलफल गरे

लमही , माघ २८ । दाङ क्षेत्र नं. १ मा नेपाली काँग्रेस उम्मेदवार योगेन्द्र चौधरीले बुधबार बिहान लमही अस्पतालका बिरामीसँग भेटघाट गरेका छन् ।


काँग्रेस सहमहामन्त्रीसमेत रहेका उम्मेदवार चौधरीले अस्पतालबाट प्रदान हुँदै आएका सेवाहरूको अवस्था बारे जानकारी लिएका थिए ।


काँग्रेस उम्मेदवार चौधरीले अस्पतालको सेवा बारे बिरामीका साथै आफन्तसँग पनि छलफल गरेका थिए । अस्पतालका सेवा सुधार्न काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न उनले आग्रह गरेका थिए ।


त्यसक्रममा उम्मेदवार चौधरीले उपचारका क्रममा कुनै समस्या परेमा आफूलाई भन्न आग्रह गरेका थिए । उनले काँग्रेस संधै जनताको दुःख–सुखमा साथ रहने भन्दै चुनाव चिन्ह रुखमा मतदान गरि आँफुलाई बिजयी बनाउन आग्रह गरेका थिए ।


काँग्रेस उम्मेदवार चौधरीले आफ्नो चुनावी अभियानलाई टोल–बस्तीमा पुगेर मतदाता संग प्रत्यक्ष भेटघाट गरि स्थानीयका सुझाव संकलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८२ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *