२०८२ माघ २५ गते आइतवार

तुलसीपुर खानेपानीका मुहनाको स्थलगत अनुगमन

तुलसीपुर, माघ २५ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्ना मुहान क्षेत्रको अवस्थाको स्थलगत अनुगमन गरेको छ ।


संस्थाका पदाधिकारी र पत्रकारसहितको टोलीले संस्थाको मुहान क्षेत्रमा पर्ने तुलसीपु उपमहागनरपालिका ३ र ४ का आधा दर्जन जति क्षेत्रको स्थलगत अनुगमन गरेका हुन ।


त्यसक्रममा तुलसीपुर ३ का बाख्रे, छर्छरे र तुलसीपुर ४ अन्गर्तको मुलकोट मुहानको स्थलगत अनुगमन गरिएको हो ।


अनुगमन पछि संस्थाका उपाध्यष नारायण शर्मा, सचिव भूवन भुषाल र कोषाध्यक्ष भोला थापाले मुहानवाट आउने पानी तुलसीपुर – ४ को रक्षाचौरस्थित बालुवा गिट्टीसहितको ट्रिटमेन्ट प्लान्ट, तुलसीपुर – ७ को वडा कार्यालय भित्र रहेको प्रेसर फिल्टर र अन्तिममा तुलसीपुर – ५ को कार्यालयस्थित प्रेसर फिल्टरको शुद्धिकरण पछि मात्रै उपभोक्ताको घरमा धारा मार्फत शुद्ध पिउने पानी पुग्ने गरेको जानकारी दिएका थिए ।


सातबास क्षेत्रमा सवारी साधनले पाइप फुटाउँदा कहिले काँही धमिलो पानी बग्ने समस्या रहेपनि त्यसलाई बिभिन्न ठाउँमा शुद्धिकरण पछि मात्रै उपभोक्ताको घरमा शुद्ध पिउने पाने वितरण हुने गरेको कोषाध्यक्ष थापाले बताए ।


‘ रक्षाचौर हुँदै खानेपानीको कार्यालयसम्म प्रशोधन गरि शुद्धिकरण भएको पानी मात्रै बितरण गरिन्छ,’ कोषाध्यक्ष थापाले भने ‘ हामीपनि स्वएंम उपभोक्ता हौं र हामी आम तुलसीपुर बासीको स्वास्थ्य संग कहिलै खेलवाड गर्दैनौं ।’
नियमित मुहानहरुको स्थलगत अनुगमन तथा सरफाइ हुँदै आएको, पानी उपभोक्ताको घरमा पठाउनु पूर्व ल्याब टेष्ट गर्ने गरिएको जानकारी दिइएको थियो ।

सरसफाइमा कुनै कमी नगरिएको तथा आम उपभोक्ताको स्वास्थ्य संग कहिलै खेलवाड गर्न छुट आँफुहरुलाई नरहेको उनीहरुले बताएका थिए ।

बर्षाको समयमा कहिले काँही पाइप फुटेर पानी धमिलो आउने समस्या भएपनि भविश्यमा त्यो समस्या सदाको लागि समाधान गर्न बबई नदीमा जस्तै ठाउँ ठाउँमा डीप बोरिङ गरि जमिन मुनीको पानी मात्रै उपभोक्ताको घर घरमा पठाउने योजना रहेको पनि कोषाध्यक्ष थापाले बताएका थिए ।


बस्ति बिस्तार संगै तुलसीपुरबासीलाई सुख्खा समयमा समेत पानीको अभाव हुन नदिने उदेश्यले बाख्रे लगाएत पातुखोलाको पानीसमेत ल्याउने गरिएपनि त्यो उपभोक्ताको घरसम्म पुग्दा शुद्धिकरण पछि मात्रै पुग्ने हुँदा कुनैपनि गलत हल्लाका पछि नलाग्न उपाध्यक्ष नारायण शर्माले बताएका थिए ।


बजेट अभाव, मुहान क्षेत्रको स्थानीयको अवरोध लगाएका कारणले मुहान क्षेत्रमै बोरिङ धसेर पानी ल्याउन सके भविश्यमा यस्ता समस्या समाधान गर्ने सहज हुने र त्यो बिकल्प बारे सरसल्लाह भइ रहेको कोषाध्यक्ष थापाले बताए ।


सचिव भुवन भुषालले कतिपय सामाजिक संजालमा अर्नगल प्रचार गर्दै आम उपभोक्तालाई भ्रमित पार्ने कार्य भएको भन्दै त्यस्ता भ्रामक कुरापछि कोहीपनि लाग्न नहुने बताएका थिए ।

प्रकाशित मिति : २०८२ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *