
दाङ, माघ १९ । दाङको तुलसीपुर घर भइ सल्यानमा अध्यापनरत एक जना शिक्षकले आफ्नो जन्मदिनको अवशरमा विद्यार्थीलाई पोशाक, खेलकुद सामग्री वितरण गर्नुका साथै अक्षयकोषपनि स्थापना गरेका छन् ।
दाङको तुलसीपुर उपमहागनरपालिका – ९ दोघरे घर भइ हाल सल्यानको त्रिभुवन जनता माद्यामिक बिद्यालय भोटेचौरमा अध्यापनरत सहायक प्रधानाध्यापक नेत्रलाल भट्टराई (नारायण) ले सोमबार आफ्नो जन्मदिनको अबशरमा छत्रेश्वरी गाउँपालिका –६ भोटेचौर स्थित बहिरा स्रोत कक्षाका बालबालिकाको लागि न्यानो कपडा , खेलकुदका विभिन्न सामग्री बितरण गरेका हुन ।
साथै शिक्षक भट्टराइले बहिरा स्रोत कक्षा अक्षय कोषको पनि स्थापना गरेका छन् ।
बिज्ञान शिक्षक भट्टराइले अक्षय कोष स्थापना गरि तीन हजार सात सय जम्मा गरेका बताए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिका – ६ का वडाध्यक्ष टीकाराम बुढाको प्रमुख आथित्यता भएको कार्यक्रममा बीच न्यानो कपडा, खेलकुदका सामाग्री बितरण गर्नुका साथै अक्षय कोषपनि स्थापना गरिएको शिक्षक भट्टराइले जानकारी दिए ।
बिद्यालय प्राङगणमै भउएको कार्यक्रम गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गणेश न्यौपानेको बिशिष्ट आस्थित्यतामा भएको थियो । उक्त कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक बसन्त रिजालले गरेका थिए ।