दाङ, माघ १८ । दाङको घोराहीमा आइतबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर छोरोको मृत्यु भएको छ । स्कुटर चादक बाबु घाइते भएका छन् ।
दुर्घटनाका घाइते लमही नगरपालिका–६ का २२ वर्षीय अंकित चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइते उनलाई नजिकैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
स्कुटर चालक अंकितका ५३ वर्षीय बुवा झपेन्द्रबहादुर चौधरी सामान्ने घाइते भएका थिए । उनी उपचार पछि डिस्चार्ज भइ सकेको प्रहरीले जानकारी दिएको छ ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरलाई आइतबार दिउँसो करिब ३ बजे घोराही उपमहानगरपालिका –१५ भिंग्रेली होटल नजिकै सोही दिशातर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।
ठक्कर दिने ट्रक बारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।