२०८३ भाद्र १० गते बुधवार

बालेन संगै अछाम पुग्दा लडेका पत्रकार सिटौलाको मृत्यु

दाङ, माघ १८ । चलचित्र पत्रकार संघका निवर्तमान केन्द्रीय अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ।


धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा सिटौलाको आइतबार दिउँसो पौने १ बजेतिर निधन भएको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

४३ बर्षीय पत्रकार सिटौला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै सुदूरपश्चिमको भ्रमणमा रहेको समयमा माघ १६ गते बिहान अछाममा बिहान पौने १० बजे गाडीबाट आर्लने क्रममा एकाएक लडेर अचेत भएका थिए ।


सिटौलाको प्रारम्भिक उपचार अछाम गरिएको भएपनि तत्कालै नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं पुर्‍याइएको थियो ।

उनको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो । उनलाई ब्रेन हेमरेज भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *