
बुटवल, साउन २। तिलोत्तमा नगरपालिकाको ६ लेन सडकमा राखिएका बुद्ध मूर्ति तोडफोड भएको छ । बुटवल बेलहिया सडक खण्डको मध्य भागमा राखिएको बुद्धका मुर्ती गए राती तोडफोड भएको छ ।
तिलोत्तमा नगरपालिकाको योगिकुटी देखि मंगलापुर सम्म बुद्धका मुर्ति राखिएका थिए । उक्त मुर्तिहरु कसले किन फुटाल्यो भन्ने अहिले सम्म खुलेको छैन।
गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमर्ती अनावरण गरेका थिए ।
सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती शंकरनगर चोक देखि नयामिल सम्मका ३ वटा मुर्ति फुटाइएको छ ।
प्रकाशित मिति : २०७६ साउन २ गते बिहिवार