२०८३ भाद्र ९ गते मङ्गलवार

यी हुन, लुम्बिनी राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न नआएका १३ जना

तुलसीपुर , माघ १२ । लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तरगत आइतबार भएको मतदानमा १३ जना जनप्रतिनिधि भोट हाल्न आएनन् ।

नेपाली काँग्रेसका एक जना प्रदेश सांसदपनि भोट हाल्न आएनन् । काँग्रेसका अनुराग खड्का छिमेकी देश भारतको डिल्लीमा रहेका कारण भोट हाल्न आएनन् ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका चार प्रदेशसभा सदस्यपनि भोट हाल्न आएनन् । राप्रपाले मतदान बहिस्कार गरेको थियो ।
त्यही भएर राप्रपाका उपसभामुखसमेत रहेकी मेनुका खाँड केसी, मिनाकुमारी श्रेष्ठ, आशिषकुमार चौधरी, जानकी प्रभाकर यादव मतदान गर्न आएनन् ।

लुम्बिनी प्रदेश सभा ८७ सदस्य छ । ती मध्य फागुन २१ को निर्वाचनमा भाग लिन ४ जनाले राजीनामा दिइ सकेका थिए । त्यसैले लुम्बिनी प्रदेशसभा अब ८३ जना छन् । आइतबारको निर्वाचनमा प्रदेश सभाका ७८ जना सदस्यले मात्रै मतदान गरे ।


प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र कवरका अनुसार पालिका तर्फ थप जना अनुपस्थित रहे ।

जस्मा कपिलबस्तुको शिवराज नगरपालिकाका प्रमुख अजय थापा, गुल्मीको मुसिकोट उपप्रमुख गंगा श्रेष्ठ , बाँकेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, नवपरासीको सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरी, बर्दियाको बार बर्दिया नगरपालिकाका उपाध्यक्ष रत्नकुमारी पाण्डे, पाल्पाको रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, रुपन्देहीको रोहेणी गाउँपालिकाका उपाध्यक्ष शिव कान्ती चमार, कपिलवस्तुको कपिलबस्तु नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ता (बैश) पनि मतदानमा सहभागी भइनन् ।


लुम्बिनीमा कुल १०९ पालिका छन् । त्यसमध्य एउटा पद रिक्त छ । स्थानीय तहका २१७ जना प्रतिपनधि मतदाता थिए । स्थानीय तहका २०९ जना मात्रै मतदानमा सहभागी भए ।


स्थानीय तहका २०९ र प्रदेश सभाका ७८ गरि कुल २८७ जनाले मात्रै मतदान गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *