२०८३ भाद्र ९ गते मङ्गलवार

आज राष्ट्रियसभा निर्वाचन लुम्बिनीमा काँग्रेस – एमालेको स्पष्ट बहुमत

तुलसीपुर, माघ ११ । फागुन २० मा रिक्त हुन थालेको पद परिपुर्ती गर्नका लागि आज राष्ट्रियसभा सदस्य पदको निर्वाचन हुँदैछ ।


लुम्बिनीबाट तीन सदस्य निर्वाचित गर्न दाङको घोराहीस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदाननको समय सीमा तोकिएको छ ।

पूर्व सहमति अनुसार मतदान भए यहाँ नेपाली काँग्रेस र नेकपा (एमाले) का उम्मेदवार बिजयी हुने निश्चित प्राय छ ।

लुम्बिनी प्रदेशमा काँग्रेस – एमाले गठबन्धनबाट लुम्बिनी प्रदेशको तीन सिटमा पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य गुल्मीकी रामकुमारी झाँक्री, कांग्रेसका निवर्बतमा केन्द्रीय सदस्य गुल्मीकै चन्द्रबहादुर केसी र दाङ लमहीका कांग्रेस नेता वासुदेव घिमिरे उम्मेदवार छन ।

सहमति अनुसार मतदान भइ निर्वाचित भए झाँक्रीले एमाले कै पदमुक्त हुन थालेकी राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको ठाउँ लिनेछिन् भने एमालेका गोपाल भट्टराईको ठाउँमा कांग्रेसका केसी पुग्ने छन् ।

त्यस्तै आपङ्गतातर्फ पूर्व दाङ तुलसीपुरका नेकपा (माओवादीका केन्द्र) का जगप्रसाद शर्माको ठाउँ दाङकै कांग्रेस नेता घिमिरेले लिने लगभग निश्चित छ ।

नेपाली कम्युनिष्ट पार्टीले बृहस्पति अधिकारी, सर्जन विक र दुर्गा भण्डारी उम्मेदवार छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाले बमबहादुर खत्री र पद्मा पण्डितलाई उम्मेदवार बनाएको छ ।

यो बीचमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि चार जनाले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । राजनीमा दिने मध्य दुई जना पूर्व नेकपा –माओबादी केन्द)का छन् ।

२०७९ को निर्वाचनमा माओबादीबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित धनबहादुर मास्की, बाँके १ (१) बाट निर्वाचित कृष्णा केसी, नागरिक उन्मुक्ति पार्टी बाट बर्दियाको १ (१) बाट निर्वाचित धर्मबहादुर चौधरी र रुपन्देहीको ४(१) मा लोकतान्त्रिक समाजबादी बाट निर्वाचित कन्हैया बानियाले पदबाट राजीनामा दिएका छन् ।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । चार जनाले राजीनामा दिएपछि अब यो संख्या घटेर ८३ जना कायम भएका छन् ।

एक जना प्रदेशसभा सदस्य बराबर ५३ मतभार कायम गरिएको छ भने स्थानीय तहका प्रमुख / उपप्रमुखको मतभार १९ कायम गरिएको छ । लुम्बिनीमा १०९ वटा पालिका छन् ।

लुम्बिनी प्रदेशमा प्रदेशसभा र स्थानीय तह गरी कुल ८ हजार ५ सय बढी मतभार थियो । चार जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि अब त्यो मतभार २१२ घट्ने छ । त्यसमध्य पनि एक जना पालिकाका अध्यक्षको मृत्यु भएको हुँदा थप १९ मतभार घट्ने छ ।

लुम्बिनीमा सबै भन्दा बढी मतभार कांग्रेस र त्यसपछि एमालेको छ । यी दुई दलको योगफल जोड्दा झन्डै ६ हजार हाराहारी पुग्छ । जो जितको लागि स्पष्ट बहुमत हो ।

नेपाली कम्युनिष्ट पार्टी अन्तर्गत साविक माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलको मतभार पहिले १ हजार ३ सय ४३ थियो । त्यसमा माओबादी दुई प्रदेशसभा सदस्यले राजीनामा दिइ सकेको हुँदा अब १ हजार २ सय ३७ मतभार मात्रै कायम भएको छ ।

कुन दलको मतभार कति ?

लुम्बिनी प्रदेशमा प्रदेश सभा र स्थानीय तहगरी कुल ८५२२ मतभार छ । विगतमा प्रदेश सभा सदस्यको मतभार ४८ थियो । अहिले वृद्धि गरेर ५३ पुर्‍याएको छ । स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ बाट बढेर १९ पुगेको पुर्‍याइएको छ ।

लुम्बिनी प्रदेश सभामा ८७ सदस्य थिए । यो बीचमा ४ जनाले राजिनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका छन । प्रदेश सभाको संख्या ८३ कायम भएको छ । उनीहरुको कुल मतभार ४३९९ हुन्छ ।


त्यस्तै १०९ पालिका मध्य एक जना पद रिक्त रहेको हुँदा कुल मतदाता २१७ मात्रै हुने छन् । उनीहरुको मतभार कुल ४१२३ हुन्छ । दुबैलाई जोड्दा योगफल ८५२२ पुग्छ ।

योगफल हिसाबले राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मतभार नेपाली कांग्रेसको ३१७९ छ । त्यसपछि एमालेको २८१० र साविक माओवादी छ ।

साविक माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दल मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भइसकेको अवस्थामा प्रदेश सभामा एकीकृत समाजवादीका एक सांसदको मतभार पनि १२३७ मा थप हुने देखिन्छ ।


साना दलमध्ये राप्रपाको २६९ मतभार छ भने नागरिक उन्मुक्ति पार्टीको १५९ जसपाको २७३, लोसपाको १८७, जनमतको १५९, राजमोको १२९, जनता प्रगतिशिल पार्टीको ३८ र स्वतन्त्र ५३ मतभार छ ।


साना दलमध्ये राप्रपाको २६९ मतभार छ भने नागरिक उन्मुक्ति पार्टीको १५९ जसपाको २७३, लोसपाको १८७, जनमतको १५९, राजमोको १२९, जनता प्रगतिशिल पार्टीको ३८ र स्वतन्त्र ५३ मतभार छ ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *