२०८२ माघ ८ गते बिहिवार

सहिद पुत्र सन्दिप प्रचण्ड संग आमने सामने भएको रोचक दृष्य

दाङ, माघ ८ । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र प्रगशिल लोकतान्त्रिक पार्टीका युवा उम्मेदवार सन्दिप पुन आगामी निर्वाचनका लागि आमने सामने उभिएको रोचक दृष्य बनेको छ ।

२८ बर्षीय सन्दिप सहित पुत्र हुन । बायो टेक्लोलोजीमा बिए उत्तिर्ण उनी जनार्दन शर्मा (प्रभाकर) र डा. बाबुराम भट्टराइ संरक्षक रहेको प्रलोपा बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन ।

विद्यार्थी राजनीति बाट उदाएका सन्दिप यतिखेर प्रलोपाका केन्द्रीय सदस्य र उक्त पार्टीको विद्यार्थी संगठनका पनि केन्द्रीय अध्यक्ष छन् ।
जस्ले रुकुम पूर्वमै बिगत केही बर्ष यता ब्यबसायिक रुपमा प्राङगारिक मल उत्पादन गर्दै आएका छन् ।

बिगतमा प्रचण्डकै नेतृत्वमा चलेको १० बर्षे ‘सशस्त्र जनयुद्ध’ ताका सन्दिपका बुवा–आमा सुरक्षाकर्मी बाट मारिएका थिए । जतिखेर उनी जम्मा ३ बर्षका मात्रै थिए ।

सन्दिपका बुवा सुर्यप्रकाश पुन र परम्परा गौतमका बीचमा २०५३ जेठ २५ मा पार्टीले ‘जनवादी विवाह’ गराएको थियो ।
सन्दिप १३ महिनाको छँदा परम्पराले माइती घरकी आमा बिष्णु गौतमको जिम्मामा छोडेर सर्बौच्च कमाण्डर प्रचण्डले हाँकेको ‘युद्ध’मै होमिएकी थिइन ।


सन्दिप ३ बर्षको छँदा २०५९ जेठ १४ मा बझाङको रायलमा उनकी आमा परम्परा गौतमको र ९ दिन भित्रै जेठ २३ गते बझाङकै सैसुमा बुवा सूर्यप्रकाश पुनको हत्या भएको थियो ।

त्यसपछि माउली हजुर आमा र बुवाले सन्दिपलाई छिमेकी देश भारतको सिमला लगेका थिए । त्यँहीको बिद्यालयमा भर्ना भएपनि सन्दिपलाई नेपालको कपिलबस्तु जिल्लामा ल्याइएको थियो । जतिखेर उनका अन्टीहरु यशोदा गौतम र लजना गौतम कपिलबस्तुमै बस्थे ।

कपिलबस्तुमै सन्दिपले कक्षा १ अध्यन गरे । कक्षा २ बुटवलमा पढे । सोही बीच दाङपनि ल्याइए। बाँकेको नेपालगंजमा कक्षा ३ देखि एलएलसीसम्मको पढाइ पुरा सन्दिपले पुरा गरेका थिए । अन्टीहरु शिक्षक बनेर नेपालगंज गएपछि सन्दिपपनि उतै लगिएका थिए ।


सन्दिपले काठमाडौंको ह्वाइटहाउस कलेजबाट बायो टेक्नोलोजी बाट बिए उत्तिर्ण गरेका छन् ।
उनको राजनीतिक जीवनपनि त्यही बाट सुरु भएको हो । कलेजमा इकाइ समितिबाट बिद्यार्थी राजनीतिमा लागेका सन्दिप २०७४ सालमा इकाइ समितिको अध्यक्ष बनेका थिए ।


पूर्वाञ्चल विश्वविद्यालयको राष्ट्रिय समितिको सचिव हुँदै गत वर्ष फागुनमा भएको नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष बनेका थिए ।


गत कात्तिकमा मात्रै बिभिन्न पार्टी संग अध्यक्ष प्रचण्डले पार्टी एकता गरेपछि असन्तुष्टि जनाउँदै सहमहामन्त्री जनार्दन शर्मा (प्रर्भाकर) माओवादी केन्द्र छोडेर प्रगतिशिल लोकतान्त्रिक पार्टी खोलेका थिए ।

यतिखेर प्रचण्ड सामु फागुन २१ को निर्वाचनका लागि भिडन उभिएका मध्य सन्दिप पुनपनि जनार्दनकै पार्टी रोजेका थिए । सन्दिप प्रलोपाको केन्द्रीय सदस्य र उक्त पार्टीको बिद्यार्थी संगठनको केन्द्रीय अध्यक्षपनि हुन ।


यतिखेर रुकुम पूर्वका सहिद पुत्र २८ बर्षीय सन्दिप पूर्व माओबादीका सर्बौच्च कमाण्डर ७१ बर्षीय प्रचण्ड संग भिडनका लागि मैदानमा उत्रिएको रोचक दृष्य देखिएको छ ।

सन्दिपले प्रचण्डले क्रान्तिकारी बाटो बिराएको हुँदा आँफु उनको बिरुद्धमा उभिनु परेको बताए । प्रचण्डलाई टुरिष्ट उम्मेदवारको संज्ञा दिदै सन्दिपले सहिद परिवार र आम रुकुमेली जनताको भावना अनुसार आँफु उम्मेदवार बनेको हुँदा जित्ने आशा ब्यक्त गरे ।

रुकुम पूर्वमा १२ दलका उम्मेदवार मैदानमा उभिएका छन् । प्रचण्ड संयोजक रहेको नेकपा बाहेक अन्य सबै दलहरु संग सहयोगका लागि छलफल भइ रहेको सन्दिपले बताए ।

३४ हजार ७ सय ७२ मतदाता छन । रुकुम पूर्वलाई आफ्ना लागि सबै भन्दा सुरक्षित ठाउँ ठानेर प्रचण्ड उम्मेदवार बन्न आएपनि आँफुले जितेर देखाइ दिने उनको विश्वास छ ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *