दाङ, माघ ७ । तोरी बारीमा तोरी काट्दै गरेकी एक महिलाको चितुवाको आक्रमण बाट मृत्यु भएको छ ।
बुधबार बेलुकी साढे ६ बजेतिर बारबर्दिया नगरपालिका–११ की ५५ वर्षीया छिदनी थारु माथि तोरी उखेल्न क्रममा चितुवाले आक्रमण गरेको थियो ।
खबर पाउना साथ प्रहरी चौकी कतरनिया प्रहरी सहायक निरीक्षक सर्वजित खड्काको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो ।
घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मोतिपुरबाट प्रहरी निरीक्षक पर्शुराम थारुको कमाण्डमा पनि प्रहरी पुगेको थियो ।
प्रकाशित मिति : २०८२ माघ ७ गते बुधवार