तुलसीपुर, माघ ४ । नेकपा (एमाले)ले दाङको क्षेत्र नं. ३ मा घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ ।
एमाले केन्द्रीय सदस्य पाण्डे अघिल्लो निर्वाचनमा दाङको क्षेत्र नं. ३ (१) मा पराजित भएका थिए ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संग पाण्डे पराजित भएका थिए ।
पाण्डे तुलसीपुर उपमहानगरका पूर्व मेयर हुन । पाण्डेले आठ बर्ष पहिलेको निर्वाचनमा काँग्रेस नेता गेहेन्द्र गिरीलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका थिए ।
पाण्डे बिगतमा शिक्षण पेशामा रहँदा एमालेले उम्मेदवार बनाएपछि तुलसीपुरको उपमेयरमा निर्वाचित भएका थिए ।
त्यसपछि उनी सामुदायिक वनको नेता बने ।
वनका कार्यक्रमहरुमा देश बिदेशमा घुमे । फराशिला स्वभावका पाण्डे कार्यकर्ता माझ लोकप्रिय मानिन्छन् ।
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतवार