२०८३ बैशाख ११ गते शुक्रवार

सरकारको निर्णय प्रति दाङका व्यवसायीहरुको आपत्ती

शरद रेग्मी,
दाङ, श्रावण १। नेपाल सरकारको निर्णय प्रति दाङका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । श्रावण १ गतेवाट लागु हुने गरी एक ठाउंवाट अर्को ठाउमा मालसामान ओसार पसार गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली – Vehcile and Consignment Trscking System(VCTS) लागु गर्ने निर्णय गरेकोमा दाङ सहित विभिन्न जिल्लाका व्यवसायीहरु आन्दोलित भएका हुन ।

यता सरकार को निर्णय प्रति तुलसीपुर उद्योग वाणिज्य संघकोले गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ । सरकारले निजी क्षेत्रको समन्वय विना आज देखि लागु गर्न लागेको विभिन्न निति, नियमहरु अव्यवहारिक रहेको भन्ने व्यवसायीहरुवाट धारणा व्यक्त भएको हुंदा निर्णय पुनर्विचार गर्न समेत यसै विज्ञप्ती मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउछौं संघका अध्यक्ष विर वहादुर रावतले भने ।

उनले कुनै पनि नयां प्रणाली लागु गर्नु पूर्व उद्योग ,व्यापारी एवं व्यवसायीहरुलाई प्रयाप्त जानकारी दिनु सरकारको कर्तव्यका साथै नागरिक सुसुचित हुन पाउनु पर्ने अधिकार पनि हो अध्यक्ष रावतले भने ।

वुधवार तुलसीपुर उद्योग वाणिज्य संघले आव्हान गरेको आकष्मिक बैठकमा सहभागी उद्योगी, व्यवसायीहरुले आन्दोलनका कार्यmक्रमहरु सार्वजनिक गर्न समेत नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वलाई आव्हान गरेका थिए ।

प्रयाप्त जानकारी विना राज्यले उद्योगी व्यवसायीहरु लाई निरुत्साहित गर्न र यस किसिमको निति, नियम अगाडी सारेको यस संघको ठम्याई रहेको छ । साथै प्रयाप्त जानकारी र सूचना विना लागु गरिने यस्ता निर्णयले व्यवसायीक वातावरण निर्माणमा अवरोध उत्पन्न भई औद्योगिक प्रतिष्ठान एवं व्यापारिक प्रतिष्ठानहरु मा समेत गम्भिर असर पर्ने भएकोले तत्काल सरकारले लागु गर्न लागेको निति, नियममा पुनर्विचार गर्न यस संघ जोडदार माग गर्दछ । वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत र सचिव विनिल के.सी.ले आज एक विज्ञप्ती जारी गरी तत्काल निर्णय पुनर्विचार गर्न माग गरेका छन ।

प्रकाशित मिति : २०७६ साउन १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *