२०८३ भाद्र ८ गते सोमवार

दाङका बासुदेव जंगलीसहित ९ जना उम्मेदवारले आज राष्ट्रियसभाको उम्मेदवारी दर्ता गर्दै

दाङ, पुस २३ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवार टुंग्याएको छ ।

काँग्रेसले दाङ लमहीका बासुदेव जंगली र गुल्मीका चन्द्रबहादुर केसी गरि दुई जनालाई लुम्बिनी प्रदेश बाट उम्मेदवारी बनाउने भएको छ । जंगली नेपाल तरुण दल दाङका पूर्व अध्यक्ष हुन ।

उनी दाङका सिनियर नेता भएपनि हालसम्म कुनैपनि लाभको पदमा नपुगेका ब्यक्ति हुन । जंगलीलाई अपाङ्गता / अल्पसंख्यक कोटाबाट उम्मेदवार बनाइएको छ । केसी भने (अन्य) समुह बाट उम्मेदवार बनाइएका छन् ।


जंगली र केसी दुबै जनाले बुधबार दाङको घोराहीस्थित निर्वाचन आयोगनको प्रदेश कार्यायमा आफ्नो मनोनयन दर्ता गर्ने तयारी गरि रहेका छन् । जिल्ला सभापति शंकरप्रशाद डाँगीका अनुसार दिउँसो १ बजेतिर घोराहीस्थित पार्टी कार्यालयमा भेला भइ उम्मेदवारी दर्ता गर्न जाने तयारी गरिएको छ ।

नेपाली काँग्रेसले टुँङ्ग्याएका नौं जना राष्ट्रियसभाका उम्मेदवार मध्य कर्णालीमा ललितजंग शाही र सुदुरपश्चिम बाट खम्बबहादुर खाती उम्मेदवार बनाइएका छन् ।

शाही र खाती दुबै जना (अन्य) समुह बाट उम्मेदवार बनाइएका छन् । शाही कांग्रेस कर्णाली प्रदेश सभापति हुन भने खाती सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला महान्यायाधीवक्ता थिए ।

नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका बीच तालमेल भएपछि परेको भागबन्डा अनुसार काँग्रेसले राष्ट्रिय सभामा उम्मेदवारी दिने गरि नौं जना उम्मेदवार टुंगो लगाएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।


कांग्रेसले कोशी प्रदेशमा सुनिलबहादुर थापा उम्मेदवार बनाएको छ । उनी राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट हालै राजीनामा दिएका थिए ।

त्यस्तै मधेसमा धनेन्द्र पासवास र रञ्जित कर्ण उम्मेदवार बनाइएका छन् । बागमतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सिना उम्मेदवार बनाइएका छन् ।

कांग्रेसभित्र राष्ट्रिय सभामा सभापति देउवा र नेता शेखर कोइरालाबीच भागबन्डा गरी उम्मेदवार टुंगो लगाइएको हो । देउवाले ६ र कोइराले ३ उम्मेदवार भागवन्डा गरेका हुन । दाङका बासुदेव जंगली, संविधानसभा सदस्य रञ्जित कर्ण र गीता देवकोटाको नाम शेखर कोइरालाले दिएका थिए ।

पार्टी महामन्त्री गगन थापासँग पनि राष्ट्रिय सभा उम्मेदवारका लागि नाम दिन माग गरिएको भएपनि उनले यो भागबन्डामा सहभागी नहुने निर्णय सुनाएका थिए ।

महामन्त्री थापाले राष्ट्रिय सभामा एमालेसँग गठबन्धन गर्ने तथा उम्मेदवार चयन भएको प्रक्रियामा असहमति जनाउँदै फरक मत राखेका थिए ।

राष्ट्रिय सभा निर्वाचनका लागि देशै भर बुधबार मनोनयन दर्ता हुँदैछ। दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ। राष्ट्रिय सभामा फागुन २० गतेबाट १८ जना बाहिरिदै छन् ।

रिक्त हुने सोही पद परिपुर्ति गर्न माघ ११ गते राष्ट्रिय सभा सदस्य चुन्न निर्वाचन हुन थालेको छ । त्यसैको लागि निर्वाचन आयोगले उपलब्ध गराएको कार्यतालिका अनुसार बुधबार मनोनयन पत्र दर्ता गर्न थालिएको हो ।

राष्ट्रिय सभाका लागि भएको गठबन्धन अनुसार काँग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दिने सहमति भएको छ।

प्रकाशित मिति : २०८२ पुष २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *