तुलसीपुर , पुस ८ । उच्च अदालत तुलसीपुरले स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न अन्तरिम आदेशलाई मंगलबार पनि निरन्तरता दिएको छ ।
उच्च अदालतले मंसिर २५ गते गरेको सुचना हाललाई रोक्ने सम्बन्धि अन्तरिम आदेशलाई रोक्न फेरि पनि निरन्तरता दिएको हो ।
अदालतका सुचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा मंगलबारको छलफलमा दुबै पक्षलाई बोलाए पछिको बहसमा अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश भएको हो ।
उच्च अदालतका न्यायधिश द्धय दुर्गाबहादुर बिश्वकर्मा र यज्ञबहादुर राना मगरको सयुक्त इजलाशले अन्तरिम आदेशलाई रोक्न फेरि पनि निरन्तरता दिएका हुन । ।
यसअघि उच्च अदालतका मुख्य न्यायधिस राजेश्वर तिवारीको एकल इजलाशले सोही सन्दर्भमा अल्पकालिन अन्तरिम आदेश दिएको थियो । उच्च अदालतको अन्तरिम आदेशको निरन्तरता पछि अब उपकुलपति नियुक्ति प्रकरण हाललाई रोकिने भएको हो ।
