२०८२ पुष ८ गते मङ्गलवार

एमाले महासचिवमा शंकर पोख्रेल बिजयी


दाङ , पुस ३ । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल बिजयी भएका छन् ।


पोख्रेलले १२२८ मत प्राप्त गरि बिजयी हासिल गरेका हुन ।
उनका प्रतिपष्र्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका थिए । पोख्रेल पाण्डे भन्दा २३० मत प्राप्त गरि निर्वाचित भएका हुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका – १९ हाडिमेका स्थायी बासिन्दा पोख्रेल यसअघि पनि एमाले महासचिव नै थिए ।

उनी दोस्रो कार्यकालका लागि पार्टी भित्र फेरि सोही पदमा उम्मेदवारी दिएका थिए ।

महासचिवमा निर्वाचित पोख्रेल अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीको प्यानलका हुन भने पराजित पाण्डे ईश्वर पोखरेल पक्षबाट महासचिवमा प्रतिष्पर्धा गरेका थिए ।

दाङका कुल आठ जना केन्द्रीय सदस्यमा प्रतिष्पर्धामा छन् । ती मध्य दुई महिला पहिले नै सर्वसम्मत भइ सकेका थिए ।

नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदमा फेरि पनि ओली निर्वाचित भएका हुन । अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।

ओलीले १६६३ मत पाउँदा पोखरेलले ५६३ मत प्राप्त गरेका थिए ।

एमाले महाधिवेशनमा २२६३ महाधिवेशन प्रतिनिधि रहेकोमा ३६ जना मत हाल्न गएका थिएनन् ।

प्राप्त मत परिनाम अनुसार पदाधिकारीमा पनि अधिकांश अध्यक्ष ओली पक्षकै विजयी भएका छन् ।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *