तुलसीपुर, मंसिर १५ । दाङ प्रहरीले बितेको १५ दिनको अवधिमा ३८ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
मंसिर १ गतेदेखि १५ गतेसम्म बिभिन्न अभियोगका ३८ जना फरार प्रतिबादीलाई पक्राउ गरि आवश्यक कानुनी कारबाहीको प्रक्रियामा लागि पठाइएको दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
उनीहरुबाट ६ लाख ५९ हजार सात रुपैयाँ राजश्व संकलन भएको डिएसपी शाहले बताए । उनीहरुले ९ बर्ष २ महिना २ दिन कैद सजाय उनीहरुले भुक्तान गर्नु पर्ने छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते सोमवार
