२०८३ भाद्र ७ गते आइतवार

दाङमा गत बुधवार देखि पेट्रोलियम पदार्थको अभाव


यमकला भुसाल,
तुलसीपुर, असार २९। दाङमा गत बुधवारदेखि पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख सुजित पोख्रेलका अनुसार गत बुधवार २५ गतेदेखि जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको हो ।

मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायीको हडतालका कारण ४ दिन देखि दाङमा तेलको ल्याउन नसकेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए । ट्याङ्कर व्यवासायीको विगत देखिकै समस्या हो,पानी पर्दा चिसोले टेम्पेचर अत्याधिक लस हुने । यसकै कारणले गर्दा उनीहरुले पटक पटक आम हडतालहरु गरिरहेका छन,उनले भने । उनीहरुले अनिश्चितकालिन हडताल गरिरहेका छन ।

ट्याङकर व्यवसायीहरुले यस अघि पनि असारको पहिलो साता आम हडताल गरेका थिए । आफ्ना माग पुरा नभएको भन्दै उनीहरु पुनः आन्दोलन थालेको प्रमुख पोख्रेलले बताए ।

यस्तै उनका अनुसार दाङमा गत बुधवार २५ गते १ लाख २० हजार लिटर डिजेल,२० हजार लिटर पेट्रोल र २० हजार लिटर मट्तिेल आएको थियो । उक्त तेल जिल्लाका सबै पेट्रोल पम्पहरुमा बितरण गरिएको थियो ।

यस्तै नेपाल आयल निगम सञ्चालक समितीले भने साउन १ गते मात्र बैठक बसी निर्णय गर्ने बताएको छ,कार्यालय प्रमुख पोख्रेलले भने,–त्यसपछि बार्ता मिलेपछि मात्र २ गते देखि जिल्लामा तेल आउने छ । अहिले जिल्लाका पेट्रोल पम्पहरुमा तेलको अभाव भएको उनको भनाई छ ।

साथै उनले जिल्लाका बिक्रेताहरुलाई तेल ल्याउनु परेमा सिधै नेपालगञ्ज जान आग्रह समेत गरे ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *