तुलसीपुर, मंसिर १४ । तुलसीपुरमा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएको प्रहरी बिट एक जना युवा ब्यबसायीले एकल लगानीमा स्थापना गरेका छन् ।
नेपाली काँग्रेस निकट नेपाल तरुण दल तुलसीपुर नगरका अध्यक्ष युवा ब्यबसायी कमल घर्तीले ब्यक्तिगत २५ हजार रुपैयाँ खर्चिएर राप्ती राजमार्ग अन्र्तगतको जेसिज चोकमा प्रहरी बिट स्थापना गरेका हुन ।
जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएको प्रहरी नेपाल तरुण दल तुलसीपुर नगरका अध्यक्ष युवा ब्यबसायी कमल घर्तीले स्थापना गरेका हुन ।
प्रहरी बिट स्थापना पछि बोल्दै घर्तीले प्रहरी बिना सामाजिक सुरक्षा संभव नहुने ठानेरै त्यो उत्तरदायित्व अनुभूत गरि जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएको प्रहरी बिट स्थापना गरिएको बताए ।
उनले त्यो बिटमा बसेर घाम, पानीको समयमा प्रहरीलाई बजारको शान्ति सुरक्षा कायम गर्न सहज हुने आशा ब्यक्त गरे । त्यसक्रममा सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले सानो सहयोग भएपनि घर्तीको सहयोग समाजका लागि एउटा उदाहरणिय कार्य मान्नु पर्ने बताए ।
‘ यहाँ भत्काउने र जलाउने मात्रै हैन निर्माण गर्ने र बनाउने युवापनि समाजमा छन् भन्ने म्यासेज उहाँले दिनु भएको छ,’ डिएसपी पराजुलीले भने ‘ यो हेर्दा सानो काम भएपनि समाजका लागि एउटा उदाहरणिय कार्य हो ।’
प्रहरी बिट स्थापनाका क्रममा नेपाली काँग्रेसका नेता केशवराज आचार्य, तुलसीपुर नगरसभापति सुरेश हमाल, युवा नेता गोरखबहादुर वली लगाएतको उपस्थिति थियो ।
