तुलसीपुर, मंसिर १३ । दाङको घोराहीमा भएको सवारी दुर्घटनामा परि तुलसीपुरका एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिदा तुलसीपुर उपमहानगरपालिका –१७ बनकट्टीका २६ वर्षीय मोटरसाइकल चालक केदार केसीको मृत्यु भएको हो ।
घोराही–तुलसीपुर खण्डअन्तगर्त घोराही उपमहानगरपालिका–१० नारायणपुरमा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले पूर्व घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ११५६ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिएको थियो ।
दुर्घटनाका घाइते केसीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।
केसीको शव पोष्टमार्टम पछि शनिबार आफन्तले बुझेको डिएसपी शाहले जानकारी दिए । चालक र पिकअप भ्यान प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते आइतवार
