२०८३ भाद्र ८ गते सोमवार

नदी जन्य पदार्थमा घोटाला गरेको भन्दै गढवाका तत्कालिन प्रशासकीय अधिकृत योगी बिरुद्ध अख्तियारमा मुद्दा

तुलसीपुर, कात्तिक १६ । दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत लालबहादुर योगीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन गरी क्रसर उद्योगलाई बेचेको आरोपमा योगीविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले पौडेलसँग ९५ लाख ९८ हजार रुपैयाँ बिगो तथा सजाय माग गरिएको उल्लेख गरेका छन् ।


यही बिषयमा अख्तियारले बज्र गुरु कन्स्ट्रक्सन प्रालि कुपन्डोल ललितपुर र त्यसका प्रबन्ध निर्देशक लक्ष्मणकुमार रानाविरुद्ध पनि मुद्दा दायर गरेको छ। कम्पनी र रानासँगसमेत अख्तियारले ९५ लाख ९८ हजार रुपैयाँ बिगो र सजाय माग गरेको छ।

कालाकाटे गढवा सडक निर्माणका लागि आव ०६६ / ६७ मा राप्ती नदीको किनारमा राखिएको ढुंगा, गिट्टी, बालुवा क्रसर उद्योगीलाई बिक्री गरेको आरोपमा प्रहरीले एक्साभेटर, टिपर र बिल भर्पाई बरामद गरेको थियो।

बालुवा गिट्टीको उजुरी प्रकरणमा अनुसन्धान गर्दा अधिकृत र कन्स्ट्रक्सनको बीचमा आपसी मिलेमतो भएको तथा उनीहरु मिलेर नदीजन्य पदार्थ बिक्री गरेको पाइएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *