२०८३ भाद्र १० गते बुधवार

चोरीको सालको काठसहित दुई जना पक्राउ

दाङ, कात्तिक ११ । दाङको देउखुरीमा अबैध रुपमा चोरी गरि सालको चिरान काठा ओरास पसार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालीका – १ कालाकाटेका ३९ बर्षीय रा १ त २१२१ नम्बरका ट्याक्टर चालक बिकाश घर्ती मगर, राप्ती गाउँपालिका – १ पाखापानीका ४३ बर्षीय डिल्लीराज गिरीलाई पक्राउ गरेको छ ।


मगरले चलाएको ट्याक्टर चेकजाँचका क्रममा कात्तिक ३ गते बिहान सालको १४ थान चिरान काठ ३८ दशमलब ८७ क्युफिट बरामद भएको थियो ।

जस्को बजार मूल्य ४८,५८७ बराबर अनुमान गरिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपािलका –१ पुलचोकमा चालक मगर पक्राउ परेका थिए ।

पक्राउ परेका चालक मगरले गिरीलाई त्यो काठ बेच्न लैजाँदै गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको हुँदा दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि मंगलबार डिभिजन कार्यालय लमही दाङमा पठाइएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *