दाङ, कात्तिक ७ । सोलुखुम्बुमा भएको जिप दुर्घटनामा ज्यान गुमाएका तीन जनाको सनाखत भएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा महाकुलुङ गाउँपालिका – ३ छेस्कामकी १६ वर्षीया हवी राई, २० वर्षीया शान्ति राई र १७ वर्षीया निर्जला राई छन ।
जिल्लाको माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङमा यात्रु बहाक प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको जिप भिरकुनामा पुगेपछि ब्रेक फेल जिप माप्य दूधकोशी गाउँपालिका–६ भिरकुनाबाट खसेको थियो ।
गाडीमा सवार ११ जना यात्रु मध्ये चालकसहित ६ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार
