२०८२ असोज १९ गते आइतवार

सामाजिक सदभाव विरुद्ध भ्रम फैलाउनेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

दाङ , असोज १९ । बाँके प्रहरीले समाजिक सदभाव विरुद्ध अफबाफ फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

दसैंको अवसरमा दूर्गाका मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार दिउँसो नेपालगंजमा दुई समुदायबीच सामान्ने झडपको स्थिति सृजना भएको थियो ।


त्यसपछि स्थानीय प्रशासलने जिल्लाका चार पालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।


स्थानीय प्रशासनले स्थिति बिग्रन नदिन नेपालगंज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर १५ को सुइया, पिप्रहवा र वडा नम्बर २३ को भजिपुरवा, जंगलिपुरवा र लोहरनपुरवामा निषेधाज्ञा जारी गरेको थियो ।


प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शनिबार साँझ ७ बजेदेखि अर्कौ सूचना जारी नभएसम्मका लागि डुडुवा गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र र नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को सम्पूर्ण क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेका थिए ।


मुर्ति बिर्सजन गर्न जाने क्रममा उत्पन्न असहज परिस्थिति पछि डुडुवा गाउँपालिका–६ हिरमिनियामा केही घुम्ती पसल, एउटा मोटरसाइकल लगायतमा आगजनी भएको थियो ।

त्यही भएर स्थानीय प्रशासनले कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा सम्मेलन तथा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाउन निषेधाज्ञा जारी गरेको थियो ।


आइतबार नेपालगंजका साथै सबै क्षेत्रको अवस्था सामान्ने उन्मुख बन्दै गएको जिल्ला प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।


प्रहरीले केही ब्यक्ति र समुहले सामाजिक संजाल तथा केही संचार माध्यमबाट बिभिन्न धर्म र सम्प्रदायका बीच सदभाव भड्काउने गरि स्ट्याटस लेखेको भन्दै कारबाही गर्ने चेतावनी दिइएको छ ।


आइतबार बिहान सार्वजनिक अपिल जारी गर्दै जिल्ला प्रहरी प्रबक्ता दीपक पातलीले बिभिन्न धर्म र सम्प्रदायका बीच सदभाव भड्काउने खालका स्ट्याटस लेख्ने, शेयर गर्ने, भ्रामक सूचना एवं समाचारहरु प्रकासन र प्रशासन प्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।


प्रहरीले समाजमा अशान्ति फैलाउन खोज्ने तथा द्धन्दको अवस्था सृजना गर्न खोज्ने जस्ता कार्य भइरहेको हुँदा त्यसका प्रति प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।


साथै प्रहरीले समाजिक सदभाव कायम राख्नका लागि सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *