तुलसीपुर , असोज १९ । भदौ २४ गते तुलसीप्ुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो हितयार (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन् ।
कतब्र्य ज्यान मुद्दामा अदालतबाट २५ बर्ष कैदको फैसला पछि पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका –५ रानीजरुवाका २२ बर्षीय ‘पन्छी’ भनिने खिमबहादुर बिक भदौ २४ गते जेल तोडेर भागेका थिए ।
तर, खिमबहादुरले असोज ११ गते बुलेका ८ बजेतिर रानी जरुवाका एक जना ५३ बर्षीय ब्यक्तिमाथि ज्यान लिने उदेश्यले धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।
पीडितले असोज १३ गते खिमबहादुर बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरे पछि प्रहरीले सोही दिन नै जिल्ला अदालत घोराहीबाट खिमबहादुरका बिरुद्ध पक्राउ पुर्जी लिएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार खिमबहादुरको खोजी गर्ने क्रममा उनी असोज १८ गते बेलुकी बिकट मानिने दंगीशरण गाउँपालिका – २ सातखुटी गाउँबाट पक्राउ परेका हुन ।
प्रहरी नियन्त्रणमा रहेका खिमबहादुर माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।