
बिजौरी,असोज १० । नजिकिदै गरेका दशैं,तिहार,छठ लगाएतका चाडपर्वलाई मध्यनजर गर्दै बिजौरी उद्योग बाणिज्य संघले बजार सरसफाइ गरेको छ ।
उद्योग बाणिज्य संघले आफ्नो नियमित सरसफाइ कार्यक्रम अन्तरगत शुक्रबार बिजौरी बजार देखि दुधरास बजार क्षेत्रमा सरसफाइ गरेको हो ।
संघका अध्यक्ष रेश्मीराज खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा यहाँका उद्योगी ब्यवसायी, समाजसेवी,राजनीतिदल,पत्रकार लगाएतको सहभागी थिए ।
कार्यक्रमको सहजीकरण संघका महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार