२०८३ भाद्र ९ गते मङ्गलवार

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं,असोज १० । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १२०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *