२०८३ असार २ गते मङ्गलवार

१६ दिनसदेखि लास अस्पतालमै

दाङ, असोज २ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा बिगत १६ दिनदेखि एउटा लास थन्किदै आएको छ ।


आफन्त कोही पनि लिन नआएको हुँदा एक जना पुरुष ब्यक्तिको लाश त्यहाँ थन्किदै आएको हो ।

ती ब्यक्तिको मृत्यु घोराही उपमहानगरपालिका – १० झारबैरास्थित मानव कल्याण समाज सेवामा भदौ १७ गते बेलुकी भएको थियो ।

मानव कल्याणको घरमा बस्दै आएका अन्दाजी ५२ बर्षीय ती ब्यक्तिले आफ्नो घर घोराही – १२ हापुर र नाम भुपेन्द्र खत्री बताउँदै आएका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अुनसार उनको वास्तविक नामथर वतन भने खुलेको थिएन ।


मानव सेवा आश्रममा बस्दै आएका उनको एकाएक चक्कर लागेपछि पल्टिएका थिए । अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले शबको जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेपछि शब घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।


प्रहरीले मृतकको पहिचानका लागि हुलियासहित परिपत्र जारी गर्दापनि हालसम्म कही कतैबाट सनाखतका लागि कोही आएको छैन । त्यही भएर शब अस्पतालमा थन्किदै आएको हो ।


१६ दिन बितिसक्दा पनि कोही आफन्त सम्पर्कमा नआएको हुँदा प्रहरीले बिहीबार फोटो सहितको विवरण सार्वजनिक गर्दै मृतकको सनाखतको लागि आग्रह गर्नु परेको डिएसपी शाहले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *