
काठमान्डौं, असार २७ । अविरल बर्षापछि आएको बाढी पहिरोका कारण देशभर १७ जनाको मृत्यु भएको छ । थप १६ जना बाढी र पहिरोका कारण बेपत्ता भएका छन् ।
पहिरोले घर पुरिँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका २ वाप्लुखामा पहिरोका कारण रेखाराई र छोराहरु रोमन र रोहनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पहिरोमा परेर रेखाका पति विष्णु राई घाइते भएका छन्। बाढी पहिरोका कारण काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २, मकवानपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली, ललितपुर र धादिङमा एक–एक जनाको मृत्यु भएको जानकारी दिइएको छ ।
प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार