२०८३ मङ्सिर ९ गते मङ्गलवार

धादिङमा सेनाको गोली लागेर दुई जनाको मृत्यु

दाङ, भदौ २५। धादिङबाट कैदीबन्दी भाग्न खोजेपछि सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।


जिल्ला कारागार कार्यालय धादिङमा बुधबार दिउँसो दुई बजेतिर गोली लागेर धादिङ बेनिघाट रोराङ गाउँपालिका – ४ का ७५ वर्षीय जितबहादुर घले र नवलपरासी पश्चिमको सुनवल नगरपालिका – १२ का ३६ वर्षीय इन्द्रबहादुर डालाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले उनीहरु दुबै जना कैदी बन्दी रहेको जानकारी दिएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।


बिहान ९ बजेदेखि कारागारभित्र नाराबाजी र तोडफोड सुरु भएको थियो । कैदी बन्दीले कारागारमा आगजनी गरेका थिए । दमकलले आगो निभाएको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *