२०८३ बैशाख १४ गते सोमवार

पार्टी सभापति देउवा माथि भएको आक्रमणको भत्र्सना


दाङ , भदौ २५। पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको आक्रमणको नेपाली कांग्रेसले भत्र्सना गरेको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताले विरोध प्रदर्शनका क्रममा पार्टी सभापति देउवा र उनकी पत्नि डा. आरजु राणा माथि भएको सांघातिक आक्रमणको निन्दा गरेका छन् ।


पार्टीका महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्माले पनि संयुक्त बिज्ञप्ति माफर्त जीवन भर लोकतन्त्र र अभिब्यक्ति स्वतन्त्रका लागि लडेका पार्टी सभापति देउवा माथि भएको आक्रमणको निन्दा गरेका छन् ।

उनीहरुले मृतकहरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थय लाभको कामना गरेका छन् ।


त्यस्तै लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध अन्य दलहरूसँग तत्काल संवाद गर्न आवश्यक रहेको भन्दै शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा संवाद मार्फत समाधान खोज्न आग्रह गरेको छ ।

मंगलबार देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको भन्दै काँग्रेसले देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *