२०८२ असोज १९ गते आइतवार

शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवामाथी कुटपिट


काठमाडौं ,भदौ २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै उनकी पत्नी डा. आरजु राणा देउवामाथि पनि कुटपिट भएको छ।

बूढानीलकण्ठस्थित निवासमा छिरेका आन्दोलनकारीले सुरूमा घरमा आगो लगाएपछि उनीहरूमाथि कुटपिट गरेका हुन् ।

देउवा दम्पतिको सुरक्षाका लागि सोमबार मात्रै थप सुरक्षाबल तैनाथ गरिएको थियो । मंगलबार दिउँसो आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेर आगो लगाएको थियो ।

कुटपिटपछि उनीहरू दुवैजना रक्ताम्य अवस्थामा देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी राणालाई अपाच्य शब्दमा गाली गरेको सुनिन्छ ।

पूर्वप्रधानमन्त्री देउवालाई दुईजना आन्दोलनकारीले हात समातेर हिँडाउँदै गरेको दृष्य देखिन्छ । भिडियोमा देउवा रगताम्य छन् ।

अर्को भिडियोमा सभापति देउवा रगताम्य अवस्थामा भुइँमा लडेको देखिन्छन् । आन्दोलनकारी उनलाई उठाउने प्रयास गरिरहेको भिडियोमा हेर्न सकिन्छ ।

एउटाले भन्छ– समातेर पुलिसलाई दिइदेऊ न बरु, कहाँ हस्पिटल लैजाने । लगत्तै अर्को श्वर सुनिन्छ– देखिस् तेरो कारनामा । तेरो छोरा बाहिर घुम्दै, (अपशब्द) नाच्दै …!

अहिले आन्दोलनकारीको ठूलो समूह देउवाको निवासमा छ । यो समूहले देउवा निवासमा आगजनी गरिसकेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *